Friday, July 5, 2013

ऐश्वर्याकी छोरी, अभिताभकी नातिनीलाई ८० करोडको घर

बडिउड उद्योगका महानायक अमिताभ बच्चनले आफ्नो नातिनीका लागि ८० करोडको  एउटा घर किनिदिएका छन ।

 उनले आफ्नो नातिनी आराध्याको नाममा एक घर किनिदिएको उनी निकट परिवार स्रोतले बताएको छ ।

 यस भन्दा अगाडी उनले नातिनीको लागि कार पनि किनिदिएका थिए ।

अमिताभले नातिनीलाई परिवारमा सबै भन्दा माया गर्ने गरेको बताइएको छ । उनी सदा नातिनीको भविष्यको बारेमा सोच्ने गरेको पनि भारतीय सञ्चारमाध्यमहरु बताउँछन् ।

Wednesday, July 3, 2013

विकिनीमा लाउरेनको भुतुक्कै पार्ने फिगर(फोटो फिचरसहित)


तौलसँग लडाई गरिरहेकी मोडल लाउरेनले अन्तत सुन्दर शरिर बनाएकी छिन् । आफ्नो सुन्दर शरिरलाई विकिनीमा प्रस्तुत गर्दै उनले धेरैको ध्यान खिचेकी छिन् । एन्टिगुवामा सम्पुर्ण आलोचकहरुको मुख थुन्दै लाउरेनले विकिनीमा आफूलाई प्रस्तुत गरेकी थिइन् । स्रोत ©अनलाइनखबर

आलोचकहरुले लाउरेनको विग्रदो शरिरलाई लिएर आलोचना गर्दै आएका थिए । २६ बर्षमा पाइला टेकेकी यि मोडलले ब्ल्यू बारमा रहेको पुलमा मस्ती गरेकी हुन् ।



बाउन्सर प्रशान्त र सेक्सी सुष्माको कस्तो प्रेम ?(भिडियो)

susma-karki-in-baunsar


प्रशान्त गिरीको निर्माणमा मदन घिमिरेले निर्देशन गरेको चलचित्र ‘बाउन्सर’ भदौ १४ गतेबाट प्रदर्शनमा आउने भएको छ । चलचित्रमा नायिका सुष्मा कार्की र निर्माता समेत रहेका गिरीको मुख्य भूमिका छ ।चलचित्रको निर्माणपक्षले यसको प्रोमो सार्वजनिक गरेर प्रचार अभियान सुरु गरेको छ । हिमाल केसीको द्वन्द्व, चेतन सापकोटा, अर्जुन पोखेरल र ताराप्रकाश लिम्बुको संगीत रहेको चलचित्रमा नायिका कार्की डान्सबारमा काम गर्ने एक युवतीको भूमिकामा छिन् । स्रोत ©अनलाइनखबर

काभ्रे फिल्मस्को ब्यानरमा तयार भएको यो चलचित्रमा मौनता श्रेष्ठको कथा, पटकथा र संवाद, कृष्ण श्रेष्ठको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन छ । चलचित्रको प्रोमोमा नायक गिरीको द्वन्द्वको पाटोलाई निर्माणपक्षले प्राथमितकता दिएको छ ।